एजेन्सी– के सूर्यले निकालेको कुनै पनि प्रकारको आवाज तपाईले सुन्नुभएको छ? यदि सुन्नुभएको छ भने त्यसको आवाज कस्तो होला? यो कुराले अहिले सबैलाई अन्यौलमा पारेको छ।
भारतका आईपीएस अधिकारी किरण बिदले एक ट्विट गर्दै यो बारेमा जानकारी दिएका छन्। उनले उक्त ट्विटमा एक लिंक पनि पोस्ट गरेका थिए।
जसमा सूर्यबाट ॐ कारको ध्वनी निस्किने गरेको बताइएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सूर्यबाट ॐ कारको ध्वनि निस्किने गरेको दाबी गरेको छ।
नासाले सूर्यबाट निस्किएको ॐ कारको ध्वनि रेकर्ड गरेको छ। यो रेकर्ड नासाका सोलर एण्ड हेलियोस्फेयरिक अब्जरवेटरीका वैज्ञानिकले गरेका हुन्।
यो मिशन पुरा गर्न वैज्ञानिकहरुलाई २० वर्ष लागेको थियो। नासाका वैज्ञानिकहरुका अनुसार सूर्यको गतिमा भईरहेको बदलावका कारण सूर्यबाट निस्किने सौर्य किरण तथा बिस्फोटका कारण यो आवाज निस्किने गर्छ।
सूर्यबाट निस्किने आवाज मानिसहरुले सजिलै सुन्न सक्ने वैज्ञानिकहरुले बताएका छन्। यो आवाज लगातार निस्किनै रहन्छ। तर नासाका वैज्ञानिकहरुले आफ्ना उपग्रह तथा विज्ञानको सफलताका कारण सूर्यबाट निस्किएको आवाज रेकर्ड गरेको छ। साथै नासाले अहिले सूर्य शान्त र स्थिर नभएको पनि बताएको छ।