काठमाडौं– चर्चित सामाजिक सञ्जाल फेसबुकले बेलायतको लण्डनमा रहेको आफ्नो कार्यालय केहि दिनका लागि बन्द गरेको छ। कम्पनीमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण प्रमाणित भएपछि फेसबुकले आफ्नो कार्यालयलाई सोमबार सम्मका लागि बन्द गरेको हो।
"सिंगापुरमा रहेकाे फेसबुक कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस (कोभिड १९) भएको पत्ता लागेको थियो। उनी लण्डन कार्यालयमा फरबरी २४ देखि २६ सम्म भ्रमणका लागि आएका थिए" फेसबुकले एक विज्ञप्तिमा भनेकाे छ।
जसकारण फेसबुकले आफ्नो कार्यालयको बृहत र सुक्ष्म सफाई गर्नका लागि यही ९ मार्चसम्म बन्द गरिएको छ भने त्यहाँ कार्यरत अन्य कर्मचारीलाई स्वास्थ्य परिक्षण पश्चात घरमै बसेर काम गर्ने सुविधा दिइएको छ।यसअघि बुधबारमात्रै अमेजनमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस लागेको प्रमाणित भएको थियो।