काठमाडाैं– मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले महिला दिवसको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय महिला दिवसकाे उपलक्ष्यमा ४ जीबी डेटा र २० मिनेट टक टाइम सहितको फोरजी सिम निःशूल्क दिने भएको हो।
यस अफरअन्तर्गत कम्पनीका ग्राहकले बोनसको रुपमा पहिलो महिनाका लागि ३ जीबी डेटा सहित २० मिनेटको टकटाइम प्राप्त गर्नेछन्। बाँकी एक जीबी डेटा भने दोस्रोदेखि छैटौं महिनाकाे अवधिमा १०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गरेपछि प्राप्त हुने कम्पनीले जनाएकाे छ।
याे अफर आइतबार देखि मंगलबारसम्म सञ्चालनमा रहने छ। सिम स्मार्ट सेन्टरहरूमा मात्र उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ।