एजेन्सी - अमेरिकी ई-कमर्श कम्पनी अमेजनले अब छिट्टै नै भारतीय मार्केटमा फुड डेलीभरी सर्भिस सञ्चालन गर्ने भएकाे छ।
अमेजनले भारतीय मार्केटमा आउँदो महिनाबाट यस सर्भिसकाे लन्च गर्ने जनाएकाे छ। यसकाे लागि कम्पनीले बेंगलुरमा एक रेस्टुरेन्टसँग सहकार्य गरि यसको टेस्ट पनि सुरु गरेको छ। यसअघि यसलाई भारतमा दिवालीको बेला लन्च गर्ने तयारी गरिएको थियो।
अमेजनले इन्फोसिसका सह–सस्थापक एन नारायणमूर्तिको भेन्चर काटामरानसँग पनि सम्झौता गरेकाे छ। कम्पनीले फुड डेलीभरी सर्भिस दिनको लागी २ घण्टामा डेलीभरी दिने सप्लाई चेनको साहारा लिएको छ। यस सप्लाई चेनलाई स्थापित गर्नको लागी अमेजनले ठुलो रकम लगानी गरेको छ।
याेसँगै अमेजनको यस फुड डेलीभरीको सिधा प्रतिस्प्रर्धा हाल भारतमा रहेका फुड डेलीभरी सर्भिस प्रोभाइडर स्विगी र जोमेटोसँग हुने बताइएको छ। उबरले भारतीय अनलाईन फुड डेलीभरी मार्केटमा चर्चा कमाएकाे थियाे। पछि उबरले आफ्नो फुड डेलीभरी बिजनेश जोमेटोलाई बिक्री गर्दै भारतीय अनलाईन फुड डेलीभरी मार्केटबाट बिदा लिएको थियो।