काठमाडौँ । एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई सजिलै हराएको हो ।
भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले २ गोल गरे । उनले ३५ र ६५ औं मिनेटमा १/१ गोल गरे । यस्तै तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल थपे ।
पूरा खेलमा क्रममा नेपाली किशोर खेलाडीले कुनै गतिलो आक्रमण बुन्न सकेन् । नेपालले अब शुक्रबारको खेलमा भियतनामको सामना गर्नेछ । यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ ।
समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।