‘भाइरलम्यान’ पुण्य गौतमले अनसन सुरु गरेका छन्। गौतमले बुधबार दिउँसोदेखि अनसन सुरु गरेका हुन्।
तर, अनसनस्थलबाट आफूलाई प्रहरीले लखेटेको उनले बताएका छन्। उनले माइतीघर वा भद्रकालीमा आजैदेखि निरन्तर अनसन जारी राख्ने अडान लिएका छन्।
सरकारले जेठ १ गतेदेखि दिन सुरु गरेको आइतबारको बिदा कटौती गर्नुपर्ने मुख्य माग गर्दै गौतमले अनसन सुरु गरेका थिए।
साथै, उनले पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि, निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने र नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।
उनले आफू मर्न तयार रहेको तर मूल्य बृद्धि खारेज गराएरै छाड्ने दाबी गरेका छन्। गौतमले अनसनको ब्यानरमा एमाले अध्यक्ष केपी ओलीको फोटो टाँसेका छन्।
उनी स्थानीय तहको चुनावअघि नेकपा एस परित्याग गरेर एमाले प्रवेश गरेका थिए। सो कार्यक्रममा उनले ओलीको खुट्टा ढोकेका थिए।
उनलाई अनसनमा एमालेका स्थानीय नेता कार्यकर्ताले साथ दिएका छन्।