नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४०३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।
आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।आज थप ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।
यसैगरी देशभर हालसम्म सात हजार ४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।