निर्देशिकाविपरीत सेयर कारोबार गरेको आरोपमा जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवाल निलम्वन भएका छन्। बीमा समितिले अग्रवालका सम्वन्धमा अनुसन्धान गर्नका लागि संचालकबाट निलम्वन गरेको हो।
दोषी देखिए कारबाही हुने र नदेखिए निलम्वन फुकुवा हुने बताइएको छ। केही कम्पनीको संस्थापक सेयरधनी रहँदारहँदै पनि ती कम्पनीको साधारण सेयर खरिद गरेको आरोप अग्रवालमाथि छ।
संस्थापक सेयरधनीले साधारण सेयर खरिद गर्न नपाइने व्यवस्था विपरित कार्य गरेको आरोप लगाउँदै बीमा समितिले स्पष्टीकरण सोधेको हो।