काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै कांग्रेसमा पनि विवाद बढ्न थालेको छ ।
कांग्रेसकोको महाधिवेशनको मिति तय भएपछि सभापति शेरबहादुर देउवाले मनोमानी ढंगले विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको हो ।
सभापतिले विधान अनुसार काम नगरेको र यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष तरिकाले महाधिवेशनको बाटोमा अघि बढ्नका लागि पौडेल समुहले ध्यानाकर्षण पत्र बुझाएको हुन् ।
बिहीबार पौडेलसमुहका पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, जीवन परियार, डा. मीनेन्द्र रिजाललगायतले देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त पत्रमा विधान विपरीत गठन भएका विभाग, भातृसंस्था असक्रिय , क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टीका आन्तरिक संरचनाको समायोजन, पार्टी समायोजन गर्दा मनोमानी जस्ता विषयलाई उठाइएको छ ।
देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि मात्र बनाउने कार्य विधान सम्मत नभएकोमा पौडेल समूहको असन्तुष्टि छ ।