सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन गरेको एक महिना पुगिसकेको छ।यसैबीच आज शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरेको लकडाउनको बारेमा सामान्य छलफल भएपनि कुनै निर्णय भने गरेन।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउनबारे आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक स्थगित भएको हो।
सरकारले घोषणा गरेको लकडाउन सोमबार १५ गते सकिँदैछ। सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ।