सालको पात टपरी हुनी ए बरै
नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै
नलाऊ पछि हल्लैको ।
प्रधानमन्त्री केपी ओली लोक गायक होइनन्, तर सरकारी निवास बालुवाटारमा वुधवार उनले एकाएक बहुचर्चित लोकगायिका विष्णु माझीको यो लोकप्रिय गीत गुनगुनाएपछि सांसदहरु केहीबेर रोमाञ्चित मात्रै होइन, गम्भीर पनि बने । प्रसंग थियो–पार्टी स्थापना दिवसमा प्रधानमन्त्रीकै निमन्त्रणामा आयोजित नेकपाका सांसदहरुसँगको भेघाट तथा छलफल।
मन्तव्यहरुमा प्राय विम्वसहितका उखान–तुक्का प्रयोग गर्दा उस्तै बडिल्यांग्वेजमा प्रस्तुत् हुने प्रधानमन्त्री ओलीले सांसदहरुसँगको छलफलमा भने माझीको लोकप्रिय गीतका ती हरफहरुमार्फत दुई अध्यादेशका राजनीतिक तरंगलाई प्रष्ट्याउन प्रयोग गरेका थिए।
राजनीतिक दल तथा संवैधानिक परिषदसम्बन्धि अध्यादेश पार्टीको निर्णयबिनै जारी भएको भन्दै विवाद सिर्जना भएकाबेला ल्याइनुका कारण र औचित्यमाथि प्रकाश पार्न प्रधानमन्त्रीले सांसदहरुलाई बालुवाटार बोलाएका थिए ।
‘तपाईंहरुले विष्णु माझीको गत वर्षको यो गीत दोहोर्याएर सुन्नुहोला, मनन गर्नुहोला अहिलेको सन्दर्भमा निक्कै ज्ञानबद्र्धक छ’ प्रधानमन्त्रीले भने,‘विष्णु माझीको गीतले भने जस्तै अध्यादेशका बारेमा विपक्षीले के भने, अरु ककसले के भने रु त्यसैगरी हल्लाका पछि नकुद्नुहोला, किनभने नेकपा त हामीले धेरै ठूलो मिहेनत र अहिलेको आवश्यकताले बनाएका छौं, फुट्ने र फुटाउने प्रश्नै रहेन, तर अरु कसैको पार्टी फोड्ने या जुटाउने उद्धेश्यले पनि अध्यादेश ल्याइएको होइन ।’
कानुनकै कारण पार्टी फुट्ने र जुट्ने कुरा हुनै नसक्ने भन्दै उनले मूल कुरा विचार र तत्कालीन आवश्यकता प्रधान भएकाले त्यसकै आधारमा पार्टीहरुबीच एकता र फुट पैदा हुने पनि प्रष्ट्याए । नीति, विचार र नेतृत्व गलत भयो भने जतिसुकै कसिलो कानुन भए पनि फुटलाई रोक्न नसकिने उनको प्रष्टोक्ति थियो।
‘अध्यादेश केके न हो जसरी बाहिर उछालियो, त्यस्तो होइन, आवश्यकता महसुश गरेका कारण ल्याएका हौं’, प्रधानमन्त्रीको भनाई थियो,‘दुई जना पार्टी अध्यक्ष हुनुपर्छ भनेर के कुनै अध्यादेश वा कानुनमा या एकताअघि कतै विधानमा लेखिएको थियो रु तर पनि थुप्रै हण्डर ठक्कर र अनुभवबाट शिक्षा लिँदै आवश्यकता महसुश गरेर पार्टी एकता गर्यौं, दुई अध्यक्ष भएर नेतृत्व गरिरहेका छौं, त्यसैले आवश्यकता के हो भन्ने कुरालाई हामीले बुझ्नुपर्छ ।’
प्रधानमन्त्रीको त्यस्तो भनाईलाई अर्का अध्यक्ष प्रचण्डले पनि बडि ल्यांग्वेजमार्फत टाउको हल्लाएर समर्थन जनाएकाले बाहिर आए जस्तो विमति नदेखिएको सांसद निरुदेवी पालले बताइन् ।
लोकतन्त्रको अन्तर्राष्ट्रिय अभ्यास तथा यहाँका पार्टीहरुलाई पनि लोकतान्त्रिक, विधि, प्रक्रिया र पद्दतिअनुसार चल्न अवसर दिने उद्धेश्यका साथ राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याइएको प्रधानमन्त्रीले बताए । उनले धैर्य र संयम बनेर अध्यादेशबारेको भ्रम तोड्न पनि सांसदहरुलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले विहीबार प्रदेश–२, प्रदेश–५ गण्डकी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। यो समाचार आजको नँया पत्रीकामक छ।