मकवानपुर, २७ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी रगेका छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा उनले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेकाे टिप्पणी गरेका हुन्।
त्यस्तै नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया छिट्टै निष्कर्षमा टुङ्गिने बताए । उनले भने, ‘पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुन्छ, संगठनको निर्माण ढिला हुँदा काममा समस्या सिर्जना भएको छ, संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया छिट्टो टुंगो लगाउनुपर्ने हुन्छ।’
गत वर्ष तीनै तहको चुनाव सकिएपछि मुलुकले स्थीर सरकार पाएको थियो । जनताले स्थीर सरकारको अपेक्षा राखेर नेकपालाई जनताले दुई तिहाई जनमत दिए। त्यहि जगमा सत्तारुढ दल नेकपाको नेतृत्वमा ०७४ साल फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।
प्रतिपक्षका नेताहरुले सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । सत्ता पक्षका नेताहरुले सरकारको वचाउ गर्दै जनताको अपेक्षाअनुरुप काम नभएको स्वीकार गर्छन्।