दैलेख, २६ माघ – नेकपाका दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २५ बर्षदेखि नेपाल कम्युनिष्ट पार्टीमा रहेर काम गरिरहेका जिल्ला कार्यसमिति दैलेखका जिल्ला सदस्य राजेन्द्रबहादुर शाही र जगत बहादुर शाही सहित २६ जनालाई नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन्।
वीपि चिन्तन प्रतिष्ठान एवम् चामुण्डा नगरपालिकाको आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व मन्त्री साउदले नेकपा परित्याग गरेर कांग्रेसमा आउने नेताहरूलाई फूल माला लगाएर पार्टीमा भित्र्यायका हुन।
नेपाली कांग्रेसमा प्रवेश गरेका नेताहरुले नेकपाकाे सरकारले देशलाइ भ्रष्टाचारमा डुबाएकाे भन्दै भ्रष्टाचारलाई नियन्त्रण गर्न कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन्।