एजेन्सी – चर्चित सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ अब केही महिनाभित्रै दशौं लाख मानिसले प्रयोग गर्दै आएका स्मार्टफोनमा नचल्ने भएको छ। पुरानो संस्करणका मोबाइल अपरेटिङ सिस्टममा ह्वाट्सएपको सपोर्ट बन्द भएलगतै निकट भविष्यमै पुरानो मोडलका लाखौँ मोबाइल फोनहरुमा ह्वाट्सएप नचल्ने भएको हो।
एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुराना भर्सनको अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ। सन् २०२० को फेब्रुरी १ देखि आइओएस ८ र पुरानो अपरेटिङ सिस्टम भएका आइफोनमा पनि ह्वाट्सएप चल्ने छैन। अपरेटिङ सिस्टम भएका डिभाइसबाट नयाँ ह्वाट्सएप अकाउन्ट खोल्ने र विद्यमान अकाउन्ट रि–भेरिफाइ गर्न सकिने सुविधाहरु बन्द भैसकेका छन्।
ह्वाट्सएपले सबै फोनहरुमा अगामी डिसेम्बर ३१ देखिनै सबै सपोर्टहरु बन्द गर्दैछ। डिसेम्बरको अन्त्यबाटै माइक्रोसफ्टले विन्डोज १० मोबाइल सिस्टमको अपरेटिङ सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ। ह्वाट्सएप अनुसार पुराना अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध गराउने बन्द भैसकेको छ। कतिपय फिचरहरुले अहिलेदेखि नै काम नगर्न सक्दछन्।
एन्ड्रोइडको ४.०.३ तथा आइओएस ९ र त्यसभन्दा पछिल्ला अपरेटिङ सिस्टममा पहिला कै जसरी ह्वाट्सएप चलाउन सकिनेछ। ब्लगपोष्टमा ह्वाट्सएपको अनुसार, आगामी फेब्रुअरी १ सम्म आइओएस ८ डिभाइसमा रहेको ह्वाट्सएप चलाउन सकिनेछ।