बलिउड – चलचित्रका गायनमा छुट्टै उचाई बनाएकी गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन्। फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो।
उनको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो। लताको परिवारले अहिले उनका आफन्तलाई नै भेटघाट गर्न दिएको छैन। केही समयका लागि उनले उनलाई भेट्न पुग्ने कोहीसँग पनि भेट नगर्ने बताइएको छ।
सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत फैलिएको थियो।लत्ताले सामाजिक संजालमा आफ्नो मृत्युको हल्ला चलेपनि आफूलाई अझै केही बर्षका लागि जीवन दिएको उल्लेख गरेकी थिइन्।
२८ दिनपछि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदै गर्दा उनका फ्यान र आफन्तले स्वागत गरेका थिए।